Nidan Media

सर्वसाधारणका लागि खुल्यो रिलायन्स स्पिनिङ मिल्सको आईपीओ

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै कुल नौ लाख २४ हजार सात सय ६८ कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कूल ११ लाख ५५ हजार आठ सय ६० कित्ता शेयरमध्ये पाँच प्रतिशत अर्थात ५७ हजार सात सय ८८ कित्ता सामूहिक लगानी कोषका लागि, १० प्रतिशत अर्थात एक लाख १५ हजार पाँच सय ४६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र पाँच प्रतिशत अर्थात ५७ हजार सात सय ८८ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँड गरिसकेको छ ।

बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट तथा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम् २० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

यो आईपीओको आवेदन अवधि छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गतेसम्म रहनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

यसअघि कम्पनीले मंसिर २२ गतेदेखि पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.