काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा सामान्य बदलाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भू-भागमा तापक्रम हल्का घट्ने क्रममा रहेकाले अबका दिनमा चिसो अझै बढ्नेछ।
महाशाखाका अनुसार आज दिउँसो देशभरिको मौसम आंशिक बदली रहनेछ।
यस्तै, रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्ने भए पनि देशका अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।
यातायात र स्वास्थ्यमा असर पर्न सक्ने बिहानको समयमा लाग्ने बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवनमा केही प्रभाव पर्न सक्नेछ।
विशेषगरी सडक तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
साथै, बढ्दो चिसो र कुहिरोले स्वास्थ्यमा समेत असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।





