Nidan Media

शिवजीको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ पुस ७ गते सोमबार, इस्वीसंवत डिसेम्बर २२ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशक्लपक्षको द्धितीया तिथि बिहानमा ९ः५१ बजेसम्म त्यसपछि तृतीया तिथि लाग्नेछ । नक्षत्रमा उत्तरषाढा रातिमा ४ः२९ बजेसम्म त्यसपछि श्रवण नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ध्रुव २५ घटि २२ पलासम्म त्यसपछि व्याघात योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा मृत्यु रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः५३ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः१२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ८ः४१ बजे र अस्ताउने समय साँझमा ७ः१० बजे रहेको छ ।

आजको राशिफल

मेषः आज समय त्यत्ति शुभ छैन । निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलतः बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन आउन पनि सक्छ त्यसमा आफू चुप लागेर बस्नु नै जायज हुनेछ ।

वृषः आज समय खराब नै रहनेछ । शुरूवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने योग छ ।

मिथुनः आज इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ ।

कर्कटः आज समय खराब छ । वित्तीय पक्ष राम्रो भएपनि सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ। घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्न सक्छ। मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिँदैन ।

सिंहः आज समय राम्रो छ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्दसमेत पाइएला । बन्द व्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।

कन्याः आज समय खराब नै छ । दिनभरि विभिन्न बाधा अड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्द व्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।

तुलाः आज समय शुभ छ । उच्च मनोबल बढ्ने र महत्वपूर्ण काम सम्पादन गर्न सकिने दिन रहेको छ । आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरूका लागि विद्यामा रुचि र सफलता मिल्ने छ । सन्तानको बाटोबाट पनि सन्तोष लिन सकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।

वृश्चिकः आजको दिन त्यति अनुकूल समय देखिएको छैन । स्वास्थ्यमा समस्या बढ्न सक्ने तथा कामकार्यमा पनि झमेला आइलाग्न सक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझी कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउन सक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्त बुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । मानसिक चञ्चलतालाई संयम गरी स्वकर्ममा लगनशील हुनाले केही लाभ गर्न सकिनेछ ।

धनुः आज आजको दिन भौतिक सुखसुविधा एवं उन्नति गराउने खालको गोचर रहेको छ । विपरित लिङ्गीतर्फको आकर्षण बढ्ने तथा आमोद-प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तीको शुभ सन्देश प्राप्त गर्न सकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । छोटो तथा लामो दूरीको यात्राको पनि सम्भावना देखिन्छ । विवाहको चर्चा चल्न सकने सम्भावना छ भने प्रेम पारखीको लागि पनि दिन उत्तम छ ।

मकरः आजको दिन आँट ठूलै गराउने तर काम पूर्ण हुन ग्रहको केही अबरोध देखिएको छ । तथापि सामान्यतया व्यवसायिक कामबाट लाभ हुन सक्नेछ। उद्यमको प्रख्याति बढ्ने र कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रसरता लिन सकिने छ र आत्मबल पनि बढ्नेछ । स्वास्थ्यमा आरोग्यता र कान्तिमा बृद्धि हुनेछ भने मानसिक दृढता बढ्नेछ । मुख्य एवं इष्टकार्यमा आउने बिघ्नताको निवारणका लागि आज यहाँले भगवान सूर्यनारायणको ध्यान भक्ति एवं स्तुति गर्नु राम्रो हुनेछ ।

कुम्भः आजको दिन सात्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरूसँगको भेटघाट र योजना संवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ । व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ ।

मीनः आजको दिन केही सावधानी अपनाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवं बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटे ताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुन सक्ने ग्रह गोचरीय अवस्था देखिएकोले संयम हुन जरुरी हुनेछ ।

साहित (यात्रा): सूर्य धनु राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः४८ बजेदेखि ८ः०६ बजेसम्म अमृत बेला
बिहान ८ः०६ बजेदेखि ९ः२४ बजेसम्म काल बेला
बिहान ९ः२४ बजेदेखि १०ः४२ बजेसम्म शुभ बेला
बिहान १०ः४२ बजेदेखि १२ः०० बजेसम्म रोग बेला
बिहानमा १२ः०० बजेदेखि १ः१८ बजेसम्म उद्धेग बेला
दिनमा १ः१८ बजेदेखि २ः३६ बजेसम्म चर बेला
दिनमा २ः३६ बजेदेखि ३ः५४ बजेसम्म लाभ बेला
दिनमा ३ः५४ बजेदेखि ५ः१२ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१२ बजेदेखि ६ः५४ बजेसम्म काल बेला
साँझ ६ः५४ बजेदेखि ८ः३६ बजेसम्म शुभ बेला
राति ८ः३६ बजेदेखि १०ः१९ बजेसम्म रोग बेला
राति १०ः१९ बजेदेखि १२ः०१ बजेसम्म उद्धेग बेला
राति १२ः०१ बजेदेखि १ः४३ बजेसम्म चर बेला
राति १ः४३ बजेदेखि ३ः२५ बजेसम्म लाभ बेला
रातिमा ३ः२५ बजेदेखि ५ः०७ बजेसम्म अमृत बेला
रातिमा ५ः०७ बजेदेखि ०६ः४९ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.