Nidan Media

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।

मैवाखोला गाउँपालिका वडा नं ३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आइतबार बिहान मृत्यु भएको हो ।

स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको वडाध्यक्ष खगेन्द्र थक्लुङले जानकारी जानकारी लिए ।

सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.