Nidan Media

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर

रौतहट । रौतहटमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा गढिमाई नगरपालिका वडा नं ४ सुन्दरपुर निवासी ५० वर्षीय प्रमोद साह छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारका क्रममा सरकारी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिए ।

थापाका अनुसार सोही मोटरसाइकलमा सवार ६५ वर्षीय जोगेन्द्र हजरा पासवानको टाउकोमा गम्भीर चोट लागेकाले न्यूरो अस्पताल वीरगञ्ज रिफर गरिएको छ ।

शनिबार साँझ चन्द्रपुर नगरपालिका वडा नं १० स्थित बाल्चनपुरमा गरुडाबाट बाल्चनपुरतर्फ आउँदै गरेको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश साहले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

घटनामा संलग्न दुईटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.