काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनको भाउ घट्दा चाँदीको ह्वात्तै बढेको छ ।
गत साताको शुक्रबारको तुलनामा आइतबाट सुनको भाउ तोलामा सय रुपैयाँ घट्दा चाँदीको सय रुपैयाँ नै बढेको छ ।
मूल्य घटेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँ रहेको थियो । सुनको भाउ हालसम्मकै उच्च मंसिर २९ मा प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।
यता, गत शुक्रबार प्रतितोला चार हजार पाँच रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार बढेर चार हजार एक सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।




