काठमाडौँ । मधेस प्रदेश सभाको रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ।
आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
सभामुख पदका लागि दुई जनाको उम्मेद्वारी परेको छ। सात दलीय सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेद्वारी दर्ता गराएका छन्।
उनको उम्मेद्वारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का फकिरा महतो समर्थक रहेका छन्।
यसैगरी, नेकपा (एमाले) बाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेद्वारी दिएका छन्। दुई उम्मेद्वारबीच प्रतिस्पर्धा हुने भएपछि आजको बैठकले मधेस प्रदेशको नयाँ सभामुखको टुङ्गो लगाउनेछ।





