Nidan Media

आज दिउँसो र राति देशभरको मौसममा आंशिक बदली रहने

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आज दिउँसो र राति देशभरको मौसममा आंशिक बदली रहने देखिन्छ।

हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लागेको विभागले जनाएको छ।

तराईका भूभागमा तापक्रम हल्का घट्ने क्रममा रहेको र बिहानको समयमा लाग्ने हुस्सु वा कुहिरोका कारण दैनिक जनजीवनमा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

हुस्सुका कारण विशेषगरी स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक अवरोध आउन सक्ने भन्दै विभागले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

चिसो बढ्दै गएकाले पहाडी र तराईका जिल्लामा आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.