काठमाडौँ । जापानको केन्द्रीय बैँक (बैँक अफ जापान-बीओजे) ले दुई दिने मौद्रिक नीति बैठकपछि आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार बिन्दुले बढाएर ०.७५ प्रतिशत पुर्याएको छ । जुन तीन दशकयताकै उच्च स्तर हो ।
यो वृद्धि जनवरी यताको पहिलो हो । प्रधानमन्त्री सानाए ताकाइचीको प्रशासनअन्तर्गत पनि पहिलो हो । जो आक्रामक राजकोषीय नीति र मौद्रिक सहजताका पक्षधर हुन् ।
यो कदम केन्द्रिय बैँकको मौद्रिक सामान्यीकरणतर्फको पछिल्लो प्रयासको हिस्सा हो । जसअन्तर्गत बीओजेले सन् २०२४ मार्चमा नकारात्मक ब्याजदर नीति समाप्त गरेको थियो ।
केन्द्रीय बैंकले सन् २०२४ जुलाई र जनवरीमा पनि नीति ब्याजदर बढाएको थियो ।
ताकाइची सत्तामा आएयता जापानको राजकोषीय स्वास्थ्य थप बिग्रने चिन्ताका कारण येन मुद्रा तीब्र रूपमा अवमूल्यन भएको छ ।
जसले मुद्रा र सरकारी ऋणपत्रहरूको विक्रीलाई प्रोत्साहन गरेको छ ।
जापानमा निरन्तर मुद्रास्फीति र नकारात्मक वास्तविक ब्याजदर कायम रहेकाले थप ब्याजदर वृद्धिको बजार अपेक्षा बढेको छ ।





