सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ पुस ५ गते शनिबार, इस्वीसंवत डिसेम्बर २० तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशक्लपक्षको प्रतिपदा तिथि अहोरात्र रहनेछ । नक्षत्रमा मूल रातिमा १ः३४ बजेसम्म त्यसपछि पूर्वाषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा गण्ड २५ घटि ५६ पलासम्म त्यसपछि वृद्धि योग लाग्नेछ । करणमा किंष्तुध्न रहनेछ । आनन्दादि योगमा गर रहनेछ ।
सूर्य धनु राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः५२ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः११ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ७ः०६ बजे र अस्ताउने समय दिनमा ५ः१६ बजे रहेको छ । आज तोल ल्होसार पर्व रहेको छ ।
आजको राशिफल
मेषः आज समय खराब रहनेछ । काम गर्ने सवालमा होशियार रहनुहोला काम बिगार्ने तथा तपाईंको नकारात्मक सोच्नेहरू सक्रिय हुनेछन् । आम्दानी हुने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ, ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउन कोसिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाइहरूको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
वृषः आज स्वास्थ्य भरपर्दो रहने छैन। सरकारी तथा प्रशासनिक स्तरबाट आवश्यक सहयोग नपाइने हुँदा समयमा कामहरू सम्पादन हुने छैनन् । प्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसूस हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढी समय दिन सके नजिता तपाईँको पक्षमा आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुनेछ भने घर परिवार तथा आफन्तसँग मनमुटाव बढ्ने योग छ ।
मिथुनः आज समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ। उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने विभिन्न क्रियाकलापमा सहभागी भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुँदा मन प्रशन्न रहनेछ । आज आफन्तसँगको भेटघाट निकै रमाइलो हुनेछ । सरकारी सेवामा उच्च सम्मान मिल्नेछ ।
कर्कटः आज स्वास्थ्य भरपर्दो रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक सम्पति तथा उपहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानी फस्टाएर जाने तथा आम्दानीका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागी भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमतापूर्वक गरिएको श्रमबाट मनग्गे पैसा कमाउन सकिनेछ । पढाइलेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ ।
सिंहः आज समय शुभ छैन । नीति नियम तथा कानून नमान्दा फन्दामा परिन सकिन्छ, ध्यान दिनुहोला । सत्रुले दुःख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरू तपाईंका पक्षमा हुने छैनन् । सीमित स्रोत तथा साधनबाट असीमित आवश्यक्ताहरू पूरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानीका स्रोतहरू साँघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक व्यवस्थापन गर्न नसक्दा कामहरू अरुकै हातमा जानेछ ।
कन्याः आज समय तथा स्वास्थ्य राम्रो छैन । आफन्तहरू टाढिनेछन् भने शुभचिन्तकको सहयोग तथा समर्थन पाइने छैन । राजनीति थता समाज सेवामा जनताको काम गर्दा पनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारीसाधन प्रयोग गर्दा ख्याल गर्नुहोला । माया प्रेममा अविश्वास बढ्नेछ भने घरमा आमासँग पनि मनमुटाव सिर्जना हुनेछ । आज लेनदेनमा निकै सतर्क हुनुपर्ने ग्रहगोचर छ ।
तुलाः आज समय अत्यन्तै शुभ छ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने तपाईँले शुरू गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरू भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यवस्थापनका मुद्दाहरू हल भएर जानेछन् । छोटो तथा लामो दूरीको उपलब्धिमूलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखी कामगर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् ।
वृश्चिकः आज समय खराब छ । राजनीति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढी अध्ययन तथा अनुसन्धान गरि प्रस्तुत हुनुहोला किनकी प्रतिस्पर्धीहरू तपाइँभन्दा बलिया हुन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरू हावी हुनेछन् भने कार्यक्षेत्रमा तपाईँको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनेछन् । तपाईँले खानपानमा पनि निकै ध्यान दिन आवश्यक छ ।
धनुः आज स्वास्थ्य सबल रहनेछ । राम्रो कम्पनीबाट नोकरीको प्रस्ताव आउन सक्छ । कामका लागि विदेश जाने सम्भावना पनि छ । यो वर्ष आर्थिक क्षेत्रमा तपाईँका लागि मिश्रित फलदायक छ । आर्थिक क्षेत्रमा उतारचढाउ आउन सक्छन् । तपाईँको आय र व्ययमा निकै फरक आउन सक्छ र त्यसैले आर्थिक जीवनमा आय र व्ययमा उचित समायोजन गर्नुहोला । तर आज जे काम गर्दै हुनुहुन्छ निकै सतर्क भएर गर्नुहोला ।
मकरः आज समय तथा स्वास्थ्य अनुकुल छैन । पढाइलेखाईमा सफलता प्राप्त गर्न अलि बढी नै समय लगानी गर्नुपर्नेछ । आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग सैद्धान्तिक विषयमा राय बाझिनेछ भने घर परिवार तथा आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम् लाभ लिन सकिनेछ ।
कुम्भः आज समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आर्थिक क्षेत्रमा तपाईँले एउटा ठूलो उपलब्धि हासिल गर्नुहुनेछ । आर्थिक लाभका बलिया अवसरहरू छन् । व्यापारमा नयाँ विचारले तपाईँलाई आर्थिक लाभ वृद्धि गर्नमा मद्दत गर्ने छन् । आज तपाईँ प्रशस्त धन कमाउन सफल हुनुहुनेछ । आज विशेष कार्यक्रममा भाग लिने अवसर मिल्नेछ । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ ।
मीनः आज समय मध्यम छ । तपाईँले आरोहअवरोहको सामना गर्नु पर्नेछ । प्रेम जीवनका लागि अनुकूल छैन। चुनौतीको सामना गर्नुपर्ने छ । नोकरी र व्यापारको शिलशिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ। गाडी सावधानीपूर्वक हाँक्नुहोला । दिदिबहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्छ । पढाइलेखाईमा ध्यान नजाँदा नतिजा अरुकै पक्षमा आउनेछ । शैक्षिक नतिजाले तपाईंको मन अशान्त हुनेछ ।
साहित (यात्रा): सूर्य धनु राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः४८ बजेदेखि ८ः०६ बजेसम्म काल बेला
बिहान ८ः०६ बजेदेखि ९ः२४ बजेसम्म शुभ बेला
बिहान ९ः२४ बजेदेखि १०ः४२ बजेसम्म रोग बेला
बिहान १०ः४२ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
बिहानमा १२ः०० बजेदेखि १ः१८ बजेसम्म चर बेला
दिनमा १ः१८ बजेदेखि २ः३६ बजेसम्म लाभ बेला
दिनमा २ः३६ बजेदेखि ३ः५४ बजेसम्म अमृत बेला
दिनमा ३ः५४ बजेदेखि ५ः१२ बजेसम्म काल बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः१२ बजेदेखि ६ः५४ बजेसम्म शुभ बेला
साँझ ६ः५४ बजेदेखि ८ः३६ बजेसम्म रोग बेला
राति ८ः३६ बजेदेखि १०ः१९ बजेसम्म उद्धेग बेला
राति १०ः१९ बजेदेखि १२ः०१ बजेसम्म चर बेला
राति १२ः०१ बजेदेखि १ः४३ बजेसम्म लाभ बेला
राति १ः४३ बजेदेखि ३ः२५ बजेसम्म अमृत बेला
रातिमा ३ः२५ बजेदेखि ५ः०७ बजेसम्म काल बेला
रातिमा ५ः०७ बजेदेखि ०६ः४९ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





