पोखरा। पोखरामा बिहीबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको बिरूवा गाउँपालिका वडा नं ७ लामडाँडा घर भई हाल पोखराको बिरौटा बस्दै आएका ४५ वर्षीय मेरमान गुरूङ छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरूङलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिममञ्चल क्षेत्रीय अस्पताल गण्डकी पुर्याइएको थियो । उनले उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएका छ ।
पोखरा-१७ स्थित पुरानो एयरपोर्ट नजिकैको सडकमा ग१ख ९५९७ नम्बरको बस र गुरूङ सवार ग१०प ११८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।





