काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेले चितवनबासीसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको छ ।
शनिबार बिहान ११ बजे लामिछानेले चितवनबासी र पार्टी पंक्तिका व्यक्तिसँग भेटघाट तथा सम्बोधन कार्यक्रम हुने बताइएको छ ।
चितवनका टोल तथा वडा तहदेखि जिल्ला तहसम्मका समितिका सबैलाई अनिवार्य उपस्थित निर्देशन गरिएको छ ।
साथै चितवनस्थित केन्द्र तथा प्रदेश प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको बताइन्छ ।
पार्टी पंक्तिका सदस्यलाई भने १०ः३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतिलाई अगाडि लगाएर लामबद्ध भए अगाडि बढ्न आग्रह गरिएको छ ।
थुनामुक्त हुने आदेश पाएका लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देही पुग्ने कार्यक्रम छ ।
बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
उनलाई अदालतले सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।





