Nidan Media

आज पौषकृष्ण औँसी : विभिन्न तीर्थस्थलमा तीर्थ वा गया श्राद्ध गरिँदै

पोखरा । प्रत्येक वर्ष पौषकृष्ण औँसीका दिन गरिने तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदैछ ।

दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ ।

पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा आज श्राद्ध गर्ने गरिएको हो ।

सौरमास अनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघकृष्ण प्रतिपदादेखि उत्तरायण शुरू हुन्छ ।

उत्तरायण शुरू हुनुअघिको औँसी अर्थात् पौषकृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ ।

वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एक पटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ ।

यो विश्वासका आधारमा देशका विभिन्न भागबाट पुसको चिसोकोसमेत बेवास्ता गर्दै हजारौँ भक्तजन गोकर्णेश्वर पितृतीर्थ धाममा आउने गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.