काठमाडौँ । यो साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ ।
बिहीबारको तुलनामा सुनको भाउ तोलामा दुई हजार र चाँदी ७५ रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य घटेसँगै शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँ रहेको थियो ।
सुनको भाउ हालसम्मकै उच्च गत सोमबार प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।
यता, बिहीबार प्रतितोला चार हजार ८० रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार घटेर चार हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




