Nidan Media

यमनमा बढ्दो तनाव न्यूनीकरण गर्न गुटेरेसको आह्वान

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यमनमा बढ्दो तनावलाई न्यूनीकरण गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

सुरक्षा परिषद्लाई गोप्य ब्रिफिङ दिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यमनमा तनाव बढिरहेको र पूर्वी प्रान्तहरूमा नाटकीय नयाँ विकासहरूले स्थिति थप जटिल बनाएको बताए।

उनका अनुसार लगभग ४८ लाख मानिस घरबाट विस्थापित भएका छन् र १९दमलशव५ मिलियनलाई मानवीय सहायता आवश्यक छ ।

तर आफूहरूका प्रयासहरूले ठूलो चुनौतीहरूको सामना गरिरहेको उनको भनाइ छ ।

हुथी नियन्त्रित क्षेत्रहरूमा सञ्चालन वातावरण असह्य बन्दै गएको उनले बताए । -एजेन्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.