सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ पुस ४ गते शुक्रबार, इस्वीसंवत डिसेम्बर १९ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको अमावश्य तिथि अहोरात्र रहनेछ । नक्षत्रमा ज्येष्ठा रातिमा ११ः१७ बजेसम्म त्यसपछि मूल नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शूल २५ घटि ०९ पलासम्म त्यसपछि गण्ड योग लाग्नेछ । करणमा चतुष्पद रहनेछ । आनन्दादि योगमा चर रहनेछ ।
सूर्य धनु राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः५१ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः११ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ६ः१२ बजे र अस्ताउने समय दिनमा ४ः२३ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज समयको ख्याल नगर्दा वा सानातिना काममा अल्भेर बस्नुपर्दा महत्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारीसाधन प्रयोग गर्दा ध्यान दिनुहोला, नत्र गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याको सामना गर्नु पर्नेछ। लामो समयदेखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुन सक्छ, ध्यान दिनुहोला। पढाइलेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्ने ग्रहगोचर रहेको छ ।
वृषः आज स्वास्थ्य राम्रो रहनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ । भौतिक बस्तु तथा विलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिने देखिएको छ ।
मिथुनः आज विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोगमार्फत यथेष्ट धन आर्जन हुने ग्रह गोचर रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने सम्भावनासमेत रहेको छ ।
कर्कटः आज स्वास्थ्य भरपर्दो रहनेछैन । हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेको छ आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग,ऋण तथा सङ्कटको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरू थाती नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग विवाद बढ्ने योग रहेको छ, ध्यान दिनुहोला ।
सिंहः आज केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्यमा पुगिने ग्रहगोचर छ। आज सकभर टाढाको यात्रा नगर्दा नै तपाइँको जीत हुनेछ ।
कन्याः आज पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ। व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ। साँझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्ने ग्रह गोचर देखिन्छ । तर आज आफन्तसँग कारोबार नगर्नुहोला ।
तुलाः आज सानातिना व्यवहारमै अल्झनुपर्ने देखिन्छ । आँटले काम लिन नसक्दा पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । दाजुभाइबीच नयाँ काम शुरू गर्ने विषयमा छलफल हुन सक्नेछ ।
वृश्चिकः आज व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ बिचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ । आज खासगरी नयाँ व्यवसाय प्रारम्भ गर्दा त्यसबाट राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ।
धनुः आज स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तपाइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ने देखिन्छ । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला।
मकरः आज स्वास्थ्य सबल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । फजुल खर्चका साथै ठगीमा परिने भएकाले दिनभरि होसियार रहनुपर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
कुम्भः आज स्वास्थ्यमा सुधार आउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम शुरू गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ ।
मीनः आज चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । तापनि सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । टाढाको यात्रामा भने ध्यान दिनुहोला । तर परिवारमा तनाव उत्पन्न हुन सक्ने भएकाले तपाईँ तटस्थ बस्दा निकै राम्रो हुनेछ ।
साइत (यात्रा): सूर्य धनु राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः४८ बजेदेखि ८ः०६ बजेसम्म चर बेला
बिहान ८ः०६ बजेदेखि ९ः२४ बजेसम्म लाभ बेला
बिहान ९ः२४ बजेदेखि १०ः४२ बजेसम्म अमृत बेला
बिहान १०ः४२ बजेदेखि १२ः०० बजेसम्म काल बेला
बिहानमा १२ः०० बजेदेखि १ः१८ बजेसम्म शुभ बेला
दिनमा १ः१८ बजेदेखि २ः३६ बजेसम्म रोग बेला
दिनमा २ः३६ बजेदेखि ३ः५४ बजेसम्म उद्धेग बेला
दिनमा ३ः५४ बजेदेखि ५ः१२ बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः१२ बजेदेखि ६ः५४ बजेसम्म लाभ बेला
साँझ ६ः५४ बजेदेखि ८ः३६ बजेसम्म अमृत बेला
राति ८ः३६ बजेदेखि १०ः१९ बजेसम्म काल बेला
राति १०ः१९ बजेदेखि १२ः०१ बजेसम्म शुभ बेला
राति १२ः०१ बजेदेखि १ः४३ बजेसम्म रोग बेला
राति १ः४३ बजेदेखि ३ः२५ बजेसम्म उद्धेग बेला
रातिमा ३ः२५ बजेदेखि ५ः०७ बजेसम्म चर बेला
रातिमा ५ः०७ बजेदेखि ०६ः४९ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





