बुटवल । सहकारी ठगी र संगठित अपराधमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न तुलसीपुर उच्च अदालत, बुटवल इजलासले आदेश दिएको छ ।
मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले रविलाई धरौटीमा छाड्न आदेश गरेको हो । बिगो बराबर दुई करोड ६८ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश उच्चले गरेको हो ।
उच्चले आफ्नो दायित्व बराबरको बिगो राख्न तयार भएको भनी निवेदनसमेत दिएको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।
योसँगै सो बराबरको रकम बुझाएर रवि थुनामुक्त हुने छन् । यो आदेशपछि उनी कारागारबाट रिहा हुने छन् ।





