काठमाडौँ । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
पोखरेल ओली पक्षकै उम्मेद्वार हुन् ।
पोखरेलले आफ्ना प्रतिष्पर्धी ईश्वर पोखरेल पक्षका सुरेन्द्र पाण्डेलाई दुई सय २९ मत अन्तरले पराजित गरेका हुन् ।
पोखरेलले एक हजार दुई सय २८ मत ल्याउँदा पाण्डेले नौ सय ९९ मत ल्याएका हुन् ।
अध्यक्षमा केपी शर्मा ओली भारी मतान्तरले विजयी भएका हुन् ।
उनले एक हजार छ सय ६२ मत प्राप्त गरेको बताइएको छ ।





