Nidan Media

एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली भारी मतका साथ विजयी भएका छन् ।

ओलीले प्रत्यासी ईश्वर पोखरेललाई पराजित गरेका हुन् ।

उनले एक हजार छ सय ६२ मत प्राप्त गरेको बताइएको छ । पोखरेलले पाँच सय ६४ मत प्राप्त गरे ।

निर्वाचनमा कुल दुई हजार दुई सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार दुई सय २७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए।

३६ जना प्रतिनिधि भने मतदान प्रक्रियामा अनुपस्थित रहे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीको एमालेमा याे तेस्रो कार्यकाल हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.