Nidan Media

शुक्रबारदेखि ‘झरीपछिको इन्द्रेणी’

काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ ।

योसँगै चलचित्र पुस ४ गते शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रको अग्रीम टिकट बुकिङ पनि खुला गरिएको छ ।

सेन्सर बोर्डबाट यो चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको हो ।

युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो चिलचित्र हरेक उमेर समूहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् ।

दुई घण्टा १९ मिनेटसम्म बनेको यो फिल्मले दर्शकलाई मनोरञ्जनमात्रै नभई गहिरो सन्देशसमेत दिने दावी गरिएको छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् ।

यो फिल्म छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।

चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.