Nidan Media

एमालेको ११औँ महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेका लागि सारियो

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान बुधबार बिहान ८ बजेका लागि सरेको छ।

विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेद्वारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको हो।

मेसिन उत्पादक कम्पनीलाई सोमबार रातिमात्र उम्मेद्वारहरूको नामावली प्राप्त भएको थियो। त्यस अनुसार विवरण इन्ट्री भइसकेको थियो।

पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम अनुसार सच्याएर पठायो।

त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन थप समय लागेपछि निर्धारित समयमा हुन नसकेको बताइएको छ।

मतदानका लागि सयवटा मेसिन राख्ने तयारी भइरहेको छ। एमालेको निर्वाचन आयोगले साँझ ८ बजे मतदान सुरू हुने सूचना प्रकाशित गरेको थियो।

निवर्तमान महासचिव शंकर पोखरेलले प्राविधिक कारणले मतदान सरेको भन्द्र बुधबार बिहान ८ बजे भृकुटीमण्डपमै मतदान हुने जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.