काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन्।
आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा उठ्ने गरी उनले सो पदबाट राजीनामा दिएका हुन् ।
उनले आफूले हालै राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको जानकारी दिए ।
थापा पूर्वमन्त्री हुन् । उनी धनकुटाबाट ०७० मा निर्वाचित भएका थिए ।
पछि उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए ।





