Nidan Media

एमाले महाधिवेशन: मतदानको समय फेरियो, नयाँ नेतृत्व चयनका लागि ४ बजेदेखि मात्रै भोटिङ

काठमाडौँ । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा हुने भनिएको मतदानको समय परिवर्तन गरिएको छ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंगलबार दिउँसोका लागि तय गरिएको मतदानको समय सारेर दिउँसो ४ बजेका लागि तोकिएको छ।

यसपटक विद्युतीय उपकरण (भोटिङ मेसिन) मार्फत मतदान गर्न लागिएको र मेसिनमा धेरै उम्मेद्वारहरूको फोटोसहितको विस्तृत विवरण राख्नुपर्ने भएकाले प्राविधिक तयारीमा समय लागेर मतदान ढिला भएको उनले बताए।

उम्मेद्वारको सङ्ख्या धेरै भएका कारण एक जना प्रतिनिधिलाई सबै पदमा भोट हाल्न कम्तीमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ।

विद्युतीय मेसिनको प्रयोगका कारण मतदान प्रक्रिया सकिएको एकदेखि दुई घण्टाभित्रै चुनावी परिणाम सार्वजनिक हुने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.