Nidan Media

चिलीको राष्ट्रपतिमा जोसे एन्टोनियो कास्ट निर्वाचित

काठमाडौँ । चिलीको दक्षिणपन्थी रिपब्लिकन पार्टीका उम्मेद्वार जोसे एन्टोनियो कास्ट राष्ट्रपति निर्वाचनको दोस्रो चरण (रनअफ) मा ठूलो मतान्तरले जित हासिल गर्दै चिलीको नयाँ राष्ट्रपति निर्वाचित भएका छन्।

घोषित परिणामअनुसार कास्टले ५८दशमलव१८ प्रतिशत मत प्राप्त गरे ।

सत्तारुढ वामपन्थी गठबन्धनकी उम्मेद्वार जेनेट जाराले ४१दशमलव८२ प्रतिशत मतमात्र पाए ।

चिलीको निर्वाचन सेवाकाअनुसार ९९.३३ प्रतिशत मत गणना हुँदा कास्टको जित स्पष्ट भएको हो । जाराले सामाजिक सञ्जालमार्फत पराजय स्वीकार गर्दै कास्टलाई बधाई दिएका छन् ।

वर्तमान राष्ट्रपति गाब्रियल बोरिकले पनि कास्टलाई जितको बधाई दिए ।

५९ वर्षीय कास्ट मार्च ११, २०२६ मा पदबहाली गर्नेछन् । चुनावी अभियानमा उनले सार्वजनिक सुरक्षा र आपराधिक समूहहरूमाथि कडा कारबाही गर्ने नीतिलाई जोड दिए । उनले उच्च सुरक्षा कारागार निर्माण गर्ने र अपराधीहरूलाई कडा सजाय दिने प्रतिवद्धता गरे ।

उनले अवैध आप्रवासीहरूलाई ठूलो मात्रामा देश निकाला गर्ने र सीमा क्षेत्रमा कडा नियन्त्रण गर्ने योजना पनि अघि सारेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.