काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ। भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान शुरू हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको समय बिहान ११ बजेदेखि साँझ ७ बजेसम्मका लागि निर्धारण गरिएको छ।
यसअघि मतदानको समय बिहान १० देखि साँझ ५ बजेको समय निर्धारण गरिएकामा सोमबार निर्वाचन कार्यतालिका संशोधन गर्दै समय परिवर्तन गरिएको हो।
११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।
महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेको उम्मेद्वारी रहेको छ।
उपाध्यक्ष पदमा अरुण नेपाल, गुरु बराल, गोकर्णराज विष्ट, टंक कार्की, परशुरामेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उम्मेद्वारी परेको छ।
उपमहासचिवमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल, वैजनाथ चौधरीको उम्मेद्वारी रहेको छ।
सचिवमा अग्नीप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्मा कुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीसहित २० जनाको उम्मेद्वारी परेको छ।
निर्वाचन आयोगका अनुसार, मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ। एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ।





