काठमाडौँ। भारतको दिल्ली र आसपासका क्षेत्रमा बाक्लो धुवाँको तहले शहरलाई ढाकेपछि वायु गुणस्तर खतरनाक स्तरमा पुगेको छ।
आइतबार भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले वायु प्रदूषण नियन्त्रणका लागि ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) को चरण ४ लागू गरेको छ।
शनिवारदेखि वायु गुणस्तर सूचकांक (४५० भन्दा माथि पुगेको छ, जसलाई स्थानीय बासिन्दाका लागि खतरनाक मानिएको छ।
जीआरएपी चरण ४ अन्तर्गत कडा वायु प्रदुषण नियन्त्रण उपायहरू लागू गरिएका छन्। यसमा निर्माण कार्यहरू पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ।
साथै, विद्यालयहरूलाई हाइब्रिड मोड (अनलाइन र अफलाइन) मा सञ्चालन गर्न निर्देशन दिइएको छ।
सरकारी तथा निजी कार्यालयहरूलाई ५० प्रतिशत कर्मचारी मात्र उपस्थित गराएर काम गर्न भनिएको छ र केही श्रेणीका सवारी साधनहरूको दिल्ली प्रवेशमा प्रतिवन्ध लगाइएको छ।
पछिल्ला केही वर्षयता दिल्ली र आसपासका क्षेत्रमा विशेष गरी जाडो महिना (नोभेम्बरदेखि फेब्रुअरी) मा वायु प्रदूषणको समस्या बढ्दै गएको छ, जसले गर्दा फोक्सोसम्बन्धी रोगहरूबाट पीडित हुनेहरूको सङ्ख्या धेरै गुणा बढेको छ।
यसैबीच, आइतबार बिहान उत्तर भारतका विभिन्न स्थानमा कुहिरोका कारण कम दृश्यताका बीच धेरै सवारीसाधनहरू आपसमा ठोक्किएका दुर्घटनाहरू पनि रिपोर्ट भएका छन्।
दिल्लीको वायु प्रदूषण अझै गम्भीर अवस्थामा रहेको छ र आगामी दिनमा सुधार हुने अपेक्षा गरिएको छ।





