Nidan Media

एमाले ११औँ महाधिवेशनः आज बन्दसत्र शुरू हुँदै

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबार काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र शुरू हुँदैछ ।

आइतबार बिहान ७:३० बजेदेखि बन्दसत्र सञ्चालन हुनेछ ।

बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।

देशभरका करिब साढे छ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका दुई हजार दुई सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।

महाधिवेशन प्रस्ताव लेखन तथा माइन्यूट लेखन समितिको जिम्मेवारी उप-महासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.