काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
हाल मौसमको अवस्था देशभर मुख्यतया सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।





