Nidan Media

पाल्पामा जीप दुर्घटना हुँदा तीनको मृत्यु, आठ जना घाइते

पाल्पा । पाल्पामा शुक्रबार जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

मृतकको पहिचान खुल्न नसकेको र घाइतेलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार निस्दी गाउँपालिका वडा नं ४ चिउरीवासमा निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको दुर्घटना भएको हो ।

दुर्घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.