Nidan Media

एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार हुने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमने-सामने हुनेछन्।

दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो।

गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ।

यता, रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यसपटक ट्रफी भित्र्याउने दाउमा छ। लिग चरणमा भएको यी दुई टोलीबीचको खेलमा भने सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।

एनपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.