Nidan Media

देशभर मौसम मुख्यतया सफा, उच्च पहाडी भू-भागमा आंशिक बदली

काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु वा कुहिरो लागेको छ।

महाशाखाले कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ।

दिउँसो र रातीको पूर्वानुमान: आज दिनभर र राती देशभर मौसम मुख्यतया सफा रहनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.