Nidan Media

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको फाइनलमा पुगेको छ । विराटनगर किंग्समाथि सनसनीपूर्ण प्रदर्शन गर्दै लुम्बिनी फाइनलमा पुगेको हो ।

लुम्बिनी ४० रनले विजय भयो । जितका लागि १३५ रनको चुनौती पछ्याएको विराटनगरले १७ ओभर ५ बलमा अलआउट हुँदै ९४ रनमात्र बनायो ।

विराटनगरका लागि साम हाज्लेटले ३४ तथा नरेन भट्टले २१ रन बनाए । तिलक भण्डारीले ३ तथा जे स्मिथ, अभिशेक गौतम र रुबेन ट्रम्पलेम्यानले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनायो । डार्चि शर्टले ४५, रोहित पौडेलले ३४ तथा निरोशन डिकेवालाले २९ रन जोडे । सुबाश भण्डारी र प्रतिश जीसीले समान ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए ।

अब उपाधिका लागि लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । लुम्बिनी पहिलोपटक फाइनलमा पुगेको हो भने सुदूर लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।

खेलमा विराटनगरले टस जितेर पहिले बलिङ रोजेको छ । बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पुगेको हो ।

विराटनगर भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएर फेरि दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

इलिमिनेटरमा लुम्बिनीले हरायो काठमाडौँलाई

इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाडौँ गोर्खाजलाई ४ विकेटले हरायो  । ११२ रनको सामान्य चुनौती लुम्बिनीले १७ ओभर ४ बलमै ६ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियन खेलाडी डार्चि शर्टले ३३, सन्दीप जोराले २३ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।

यसअघि खेलमा टस जितेर काठमाडौँले पहिले ब्याटिङ गर्दै  १९ ओभर १ बलमा सबै विकेट गुमाएर १११ मात्ररन बनायो । सन्तोष यादवले २३ रन बनाए । मोहम्मद अदिल आलम र जोन सिम्पसनले समान १८ रन बनाए भने भीम शार्कीले १४ रन बनाए ।

शेर मल्ल र रोहित पौडेलले समान ३ विकेट लिए । त्यस्तै रुबेन ट्रम्पेल्मानले २ विकेट लिए ।

काठमाडौँ लिग चरणमा तेस्रो स्थानमा रहेर तथा लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटर खेलेको थियो ।

विजेता लुम्बिनीले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँ ७७ रनले पराजित हुँदै विराटनगर फाइनल पुग्न पाएको थिएन ।

विराटनगरले अर्को अवसर पाउनेछ । यता सुदूरपश्चिम भने लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । पहिलो संस्करणमा जनकपुर बोल्टससँग फाइनलमा पराजित भएको सुदूर यसपालि उपाधि नै जित्ने लयमा छ ।

मंगलबार भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्समाथि शानदार ७७ रनको जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।

खेलमा १५६ रनको चुनौती पछ्याएको विराटनगरले कमजोर प्रदर्शन गर्दै १४ ओभर १ बलमा अलआउट हुँदै ७८ रन बनायो । दोस्रो ओभरमै ३ रन जोड्दा ३ विकेट गुमाएको विराटनगरका लागि फाफ डु प्लेसिसले २९ बलमा ३६ रन बनाए । हरमित सिंह, स्कट कुग्गेल्जेन र अविनाश बोहराले समान २ विकेट लिए ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो ।  ओपनर विनोद भण्डारीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले ५२ बलमा ६३ रन जोडे ।

त्यस्तै शेल्डन ज्याक्सन र आरिफ शेखले समान २० रन जोडे । मर्चेन्ट डे  लाङ्गे र प्रतिश जीसीले समान २ विकेट लिए ।

लिग तालिकाको शीर्ष स्थानमा रहेर सुदूर तथा दोस्रो स्थानमा रहेर विराटनगरले पहिलो क्वालिफायर खेलिरहेको हो । लिग चरणमा भने विराटनगरले सुदूरलाई ६ विकेटको जित हासिल गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.