काठमाडौँ। बुधबारको तुलनामा आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ ।
हिजो बुधबार रु दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो।
यसरी सुनको मूल्य प्रतितोलामा एक हजारले बढेको छ।
यसैगरी, आज एक तोला चाँदीको मोल रु. तीन हजार ८०५ निर्धारण भएको छ ।
बुधबार चाँदी तीन हजार ७५० मा कारोबार भएको थियो।




