Nidan Media

दाङको कौडिया पुलबाट बस खस्दा २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका वडा नं १ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन्।

लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट बस खोलामा खसेको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पुऱ्याइएको छ।

दुर्घटना हुँदा बसमा जम्मा ३८ जना यात्री सवार थिए।

दुर्घटनाबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.