काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बस्न लागेको बैठकमा महाधिवेशन नजिकिँदै गर्दा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा छलफल हुनेछ ।
मूल समितिको संयोजक महासचवि शंकर पोखरेल हुन् भने सचिव उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन् ।
आज १४ ओटै समिति संयोजकले आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् भने बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको विषयमा पनि जानकारी गराइने छ ।
एमालको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ गतेदेखि हुँदैछ । महधिवेशन उद्घाटन मङ्सिर २७ गते दिउँसो १२:३० बजे भक्तपुरको सल्लाघारी हुने एमालेले जनाएको छ ।





