Nidan Media

राजा-महाराजाका आसेपासेले युवामाथि भ्रम फैलाउने काम गरेः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजा, महाराजाका आसेपासेहरूले युवा पुस्तालाई सम्मान गर्ने र अपमान गर्ने पार्टी उस्तै हुन् भन्ने प्रचार गरिरहेको बताएका छन् ।

जेनजी महोत्सव २०८२ उद्घाटन समारोहमा उनले युवा पुस्तालाई प्रेरित गर्ने र अपमान गर्ने पार्टी उस्तैउस्तै हुन् भन्ने प्रचार हिजोका राजा, महाराजा र उनका आसेपासे दलालहरूले गरिरहेको भन्दै यसलाई विचार गर्नुपर्ने बताए ।

उनले आफ्नो पार्टी जनताको आवश्यकता र चाहना अनुसार कृषिमा नयाँ क्रान्तिको थालनी गर्ने कसम खाएर अघि बढेको पनि बताए ।

नेपाली कम्युनिष्ट पार्टी र त्यसको संयोजक युवाहरूको असली अभिभावक हो भन्ने कुरा बुझेर देशैभरिबाट हजारौं मान्छेहरू पार्टीमा आएको पनि उनको भनाइ छ ।

उनले देशको राजनीति भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यस क्रममा घटेका घटनाहरूको वरिपरि नै घुमि रहेको भन्दै आन्दोलनले नेपाली राजनीतिमा रहेको थुप्रै कमिलाई उजागर गर्ने र राजनीतिक दल र नेताहरूलाई समिक्षा गर्ने र रुपान्तरण गर्ने अवसर प्रदान गरेको बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.