उदयपुर । उदयपुरमा मंगलबार साँझ दुईटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चौदण्डी नगरपालिकाको बसाहा थुलुङडाँडाका ५८ वर्षीय भक्तराज राई छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका राईलाई अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





