काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेर प्रतितोला दुई लाख ५१ हजार नौ सय रुपैयाँ कायम भएको हो ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको थियो ।
यता, सोमबार प्रतितोला तीन हजार पाँच सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तीन हजार छ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




