काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ ।
सोमबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढ्दा चाँदीको २० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो ।
सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
यता, आइतबार प्रतितोला तीन हजार छ सय पाँच रुपैयाँमा कारोबार भएको असली चाँदी सोमबार घटेर तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





