काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
लिग चरणको अन्तिम खेलमा सुदूर विराटनगर किंग्ससँग पराजित भएको हो ।
यो हारले सुदूरको शीर्ष स्थान कायमै छ भने विराटनगर शीर्ष दुईमा रहँदै सुदूरसँगै पहिलो क्वालिफायर खेल्ने भएको छ ।
१४८ रनको विजयी चुनौती विराटनगरले ११ ओभर ५ बलमै ४ विकेटको क्षतिमा पूरा गर्दै ६ विकेटको जित हासिल गरेको हो ।
साम हेजलेट र फाप डु प्लेसिसबीच पहिलो विकेटका लागि ९७ रनको साझेदारी भएको थियो ।
सो क्रममा सामले २७ बलमा ५१ तथा फाफले २० बलमा ५० रन बनाए ।
मार्टिन गप्टिलले ९ बलमा २२ तथा प्रतिश जीसीले ३ बलमा अविजित रहँदै १३ रन बनाए । अभिनाश बोहराले २ विकेट लिए ।
यसअघि टस हारेर सुदूरले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १४७ रन बनायो ।
आरिफ शेखले ३२ बलमा अविजित रहँदै ४५ रन बनाए । ईशान पाण्डेले ३५ बलमा ३८ रन बनाए ।
त्यस्तै दिपेन्द्र सिंह ऐरीले ११ बलमा १९ रन बनाए ।
सन्दीप लामिछानेले ३ तथा प्रतिस जीसीले २ विकेट लिए ।





