काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
हालसम्म छ खेलबाट छ अङ्क जोडेको लुम्बिनी लायन्सका लागि यो खेल प्लेअफ पुग्नको लागि अति आवश्यक छ।
यदि लुम्बिनीले आजको खेल जित्न सफल भयो भने, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफको दौडबाट बाहिरिनेछन्।
उता, जनकपुर बोल्ट्सले भने हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ, जसले गर्दा उसको प्लेअफ यात्रा कठिन बनेको छ।





