काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयू क्रिकेट मैदानमा काठमाडौँबिरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
काठमाडौँको लिग चरणमा आज यो अन्तिम खेल हो ।
टोलीले ६ मध्येको ४ खेल जितेको छ ।
पोखरालाई पराजित गरेमा काठमाडौंको शीर्ष-२ मा पर्दै क्वालिफायर-१ खेल्ने सम्भावना बलियो हुनेछ ।
पोखरालाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । पोखराले ५ खेलमा २ जित र ३ हारको स्थितिमा रहेको छ ।





