Nidan Media

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा आठ सय र चाँदीको ३० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको भाउ दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोवार भएको थियो ।

सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै बुधबार तीन हजार छ सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदी बिहीबार घटेर तीन हजार छ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.