Nidan Media

आज एकै दिन दुई पटक शुभ बेला परेको छ, श्रीविष्णुको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ मंसिर १८ गते बिहीबार, इस्वीसंवत डिसेम्बर ४ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको चतुर्दशी तिथि बिहानमा ७ः४५ बजेसम्म त्यसपछि पूर्णिमा तिथि लाग्नेछ । नक्षत्रमा कृत्तिका दिनमा ३ः१६ बजेसम्म त्यसपछि रोहिणी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव १६ घटि ५५ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा लुम्व रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान २६ घटि ०५ पला अर्थात १० घण्टा २९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः४१ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा ४ः१८ बजे र अस्ताउने समय रातिमा ५ः४५ बजे रहेको छ । आज उँधौली पर्व, धान्यपूर्णिमा, ज्यापु दिवस, यःमरि पुन्हि, पूर्णिमा व्रत रहेको छ ।

आजको राशिफल

मेषः आज समय खराब रहनेछ । विवाद तथा प्रतिस्पर्धामा आज सहभागी नहुनुहोला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढीनै समय दिनुपर्ने देखिन्छ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुने देखिन्छ । अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ । आज स्वास्थ्य पनि कमजोर रहन सक्छ । परिवारमा विवादको वातावरण बन्न सक्ने भएकाले सचेत रहनुपर्छ । साथीभाईको धेरै विश्वास गर्दा समस्यामा पर्न सकिन्छ । शेयर बजारमा आज लगानी नगर्दा राम्रो हुनेछ ।

वृषः आज समय खराब रहनेछ । विदेशबाट चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । यात्रामा झन्झट, घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनुहोला । अरूको लहैलहैमा लाग्दा प्रहरीको फन्दामा पर्न सकिने सम्भावना छ । व्यर्थ मानसिक तनाव बढ्नेछ भने स्वास्थ्य पनि त्यति राम्रो रहनेछैन । आज कुनैपनि हालतमा मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा नगर्दा नै राम्रो हुनेछ । चिसोका कारण पेट दुख्ने रोगले दुःख दिने सम्भावना छ, त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । आज लेनदेन, यात्रा, खानपान, व्यापार व्यवसाय सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

मिथुनः आज समय खराब रहनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । उमङ्ग, जोस र जाँगरलाई संयम भइ प्रयोग गर्नु राम्रो हुनेछ । साझेदार वा सहयोगीको साथ पाउन मुस्किल हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट भने सुखद् समाचार आउने छ । मन चञ्चल रहने हुनाले आर्थिक क्षति व्यहोर्नुपर्ने देखिन्छ । आफूले गर्न खोजेका काममा धेरै नै विघ्नबाधा हुनेछ । कम्मर दुख्ने समस्याले निकै तनाव बढ्नेछ । समग्रमा समय खराब रहेकाले आज सबै कार्यमा सतर्क हुनुहोला ।

कर्कटः आज समय शुभ छ । आरोग्यता र प्रशन्नता बढ्नेछ । गर्न खोजेका काममा आत्मविश्वासका साथ पूरा गर्न सक्नुहुनेछ । व्यापार, व्यवसाय सोचेजस्तै हुनेछ । तपाइँलाई आर्थिक सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या र बुद्धिको विकास हुनेछ । आफन्तबाट आदर-सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । घरका लागि नयाँ सामान किन्ने अवसर पनि मिल्नेछ । धार्मिक काममा राम्रो सफलता मिल्नेछ । जग्गा किन्दै हुनुहुन्छ भने आजको दिन शुभ रहेको छ । आज मातापितासँग धार्मिक कार्यमा सहभागी हुने अवसर पनि मिल्नेछ ।

सिंहः आज समय मध्यम खालको छ । कामबाट सन्तुष्टि मिल्ने छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा भने नराम्रो छैन । बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति भएपनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने देखिन्छ । आम्दानी भन्दा खर्च ज्यादा हुने सम्भावना रहेको छ । सोचेअनुसार लाभ लिन कडा परिश्रम गर्नुपर्नेछ । आज परिवारमा कचकच, साथीभाइ रिसाउने दिन पनि रहेको छ । नयाँ कामको थालनी आज नगर्दा नै राम्रो हुनेछ ।

कन्याः आज स्वास्थ्य राम्रो रहनेछैन । मिथ्या आरोप लाग्ने सम्भावना छ । आर्थिक लेनदेन कारोवार गर्दा ज्यादै सतर्क हुनुहोला । विशेषगरी आज पानीबाट खतरा छ, सतर्क रहनुहोला । गरेका प्रयास र उद्यमबाट निराश हुनुर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुन सक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, घुमघाम र मनोरञ्जनका क्रममा पनि निराशा भोग्नु पर्छ । आज केही काम बन्ने, केही अधुरा रहने पनि देखिन्छ । गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला । समयमा खाना खान नपाइने हुनाले पेटमा गड्बडीको सम्भावना छ, सतर्क हुन आवश्यक छ ।

तुलाः आज समय शुभ रहनेछ । स्वास्थ्य पनि सन्तुलित नै रहने देखिन्छ । घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना छ । मानसिक शान्ति र आरामको अनुभव हुनेछ । विद्यार्थी वर्गलाई भने समय मध्यम रहेको छ । शत्रुमाथि तपाइँको जित हुनेछ । आफन्त र मावलिको सहयोग पाईने हुनाले नयाँ कामहरू गर्न उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीहरूलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेको छ । थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरू तपाईंकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ ।

वृश्चिकः आज पनि स्वास्थ्य राम्रो रहनेछ । गर्न खोजेका सबै काम सफल, प्रेमी/प्रेमिकाबीच सम्बन्ध थप गाढा हुन सक्नेछ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी हुन पाइनेछ । समाज सेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् । नयाँ-नयाँ कार्ययोजना बनाउने दिन आज रहेको छ । हार्डवयरसम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट सम्मान पाइनेछ ।

धनुः आज समय शुभ छ । एक्कासि आम्दानी बढ्ने काम भेटिने छ । राम्रा र प्रशन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खासै फरक पार्ने स्थिति छैन । जीवन साथीसित वैचारिक मतभेद हुनसक्छ तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । नयाँ व्यवसाय आज शुरू गर्नुभएमा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । पुराना इष्टमित्रसँगको भेट उपलब्धिमूलक नै रहनेछ । आज टाढाको यात्रा निकै रमाइलो र फलदायी हुनेछ ।

मकरः आज समय खराब छ । बोली वचनमा शिष्टता र सकेसम्म नरम भई काम लिनुमा नै बुद्धिमानी हुनेछ। आफू मातहतका कर्मचारीमा विवादको अवस्था देखा पर्नेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा सामान्य देखिने सम्भावना छ, खानपान र आहारविहारमा विशेष सतर्क हुनुपर्छ । परिवारका सदस्यलाई औषधि उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । यात्रामा पनि तनाव उत्पन्न हुनेछ । आज सबै कार्यमा चनाखो र सतर्क हुनुहोला ।

कुम्भः आज समय राम्रो छैन। जन्मराशिदेखि बाह्रौँ भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना छ । सोचेजस्तै सफलता प्राप्त गर्न निक्कै खट्निुपर्नेछ । बन्द व्यापार र व्यवसायका अप्ठ्यारा पक्षको चिन्तनमा मन रुमल्लिन सक्छ । पार्टनरसीपमा काम गर्ने योजना बनाउनु भएको छ भने स्थगित गर्नु ठीक हुनेछ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था रहेकाले तनाव बढ्नेछ । टाढाको यात्रा नगर्दा नै राम्रो हुनेछ । आज कसैले दिएको खानेकुरा खाने र नगद सापटी लिने काम पनि नगर्नुहोला ।

मीनः आज समय राम्रै रहनेछ । सोच्दै नसोचेको धन प्राप्ति हुन सक्नेछ । जमीनसम्बन्धी काम गर्नु छ भने आज लाभ हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहनेछ भने महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय पनि रहेको छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ । तपाईंलाई खुशी लाग्दा समाचार प्राप्त हुनेछन् । रमणीय कार्यमा सहभागी हुन पाइने छ । समय शुभ रहेको छ भरपूर उपयोग गर्नुहोला ।

साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३३ बजेदेखि ७ः५३ बजेसम्म शुभ बेला
बिहान ७ः५३ बजेदेखि ९ः१२ बजेसम्म रोग बेला
बिहान ९ः१२ बजेदेखि १०ः३१ बजेसम्म उद्धेग बेला
बिहान १०ः३१ बजेदेखि ११ः५१ बजेसम्म चर बेला
बिहानमा ११ः५१ बजेदेखि १ः१० बजेसम्म लाभ बेला
दिनमा १ः१० बजेदेखि २ः२९ बजेसम्म अमृत बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म काल बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०८ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०८ बजेदेखि ६ः४९ बजेसम्म रोग बेला
साँझ ६ः४९ बजेदेखि ८ः३० बजेसम्म उद्धेग बेला
राति ८ः३० बजेदेखि १०ः१० बजेसम्म चर बेला
राति १०ः१० बजेदेखि ११ः५१ बजेसम्म लाभ बेला
राति ११ः५१ बजेदेखि १ः३२ बजेसम्म अमृत बेला
राति १ः३२ बजेदेखि ३ः१३ बजेसम्म काल बेला
रातिमा ३ः१३ बजेदेखि ४ः५३ बजेसम्म शुभ बेला
रातिमा ४ः५३ बजेदेखि ०६ः३४ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.