Nidan Media

भ्रष्टाचार गरेको अभियोगमा क्यान महानिर्देशक अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नागरिक उडड्यण प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

भक्तपुरको नलिनचोकमा हेलिपोर्ड निर्माणको क्रममा अनियमितता गरि भ्रष्टाचार गरेको आरोपमा आयोगले बुधबार उनीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

क्यानका महानिर्देशक प्रदीप अधिकारी, निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सेल्टिङ प्रालिका म्यानेजिङ डाईरेक्टर विजय थापा, प्राईभेट ईन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सेल्टिङ प्रालि, नयाँ बानेश्वरविरुद्ध मुदा दायर गरिएको विशेष अदालतका उपरजिष्टार कृष्णशरण लामिछानेले जानकारी दिए ।

उनले सबै आरोपीहरूलाई जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो कायम गरी सोही अनुसारको कैद जरिवानाको मागदाबी गरी आयोगले मुद्दा दायर गरेको बताए ।

उनकाअनुसार क्यानका महानिर्देशक अधिकारीविरुद्ध थप तीन वर्ष सजाय मागदाबी गरिएको छ ।

आयोगले आरोपत्रका साथ क्यानका महानिर्देशक अधिकारी र निर्देशक मुरारी भण्डारीलाई अदालतमा उपस्थिति गराएको जानकारी दिए ।

उनले समय अभावको कारणले उनीहरूको बयान तथा थुनछेक शुक्रबार मात्रै हुने जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.