Nidan Media

एनपीएल: लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना कायमै, विराटनगर ५ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको २२ औँ खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनी चौथो स्थानमा पुगेको छ ।

जितका लागि १४५ रनको चुनौती पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

लुम्बिनीका लागि डार्ची शर्टले ४४ बलमा ५७ रन बनाए । त्यस्तै निरोशन डिकेवालाले २२ बलमा अविजित रहँदै २९ रन बनाए ।

यसअघि टस जितेर लुम्बिनीले बलिङ रोजेसँगै ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १४४ रन बनायो ।

लोकेश बमले ४२ बलमा ३५ रन बनाएको इनिङ्समा बसिर अहमदले २८ तथा साम हेज्लेटले २७ रन जोडे । पहिलो खेल खेलेका दक्षिण अफ्रिकी खेलाडी फाप डु प्लेसिसले ९ बलमा १२ रनमात्र जोडे ।

लुम्बिनीका लागि शेर मल्लले ३ विकेट लिए ।

आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ ।

सुदूरले खेलेका पाँच ओटै खेल जितेको छ । सुदूर प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।

काठमाडौँ गोर्खाज ६ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । विराटनगर ६ खेलमा चार खेल जितेर ८ अंकसहित तेस्रो स्थानमा छ ।

पोखरा एभेन्जर्स ६ खेलमा ६ अंकसहित चौथो स्थानमा छ । चितवन राइनोज ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ ।

लुम्बिनी लायन्स ५ खेलमा ४ अंकसहित छैटौँ स्थानमा छ । कर्णाली याक्स ६ खेलमा २ अंकसहित सातौँ स्थानमा छ ।

साविक विजेता जनकपुरमात्र ५ खेलबाट २ अंकसहित पुछारमा छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.