काठमाडौँ । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा आठ सय र चाँदीको एक सय १० रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार बढेर दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, मंगलबार प्रतितोला तीन हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार तीन हजार छ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ ।
चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।





