काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् ।
खेल त्रिवि त्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । दुवै टोलीले आज आफ्नो छैटौं खेल खेल्दैछन् ।
विराटनगर सन्दीप लामिछाने र लुम्बिनी रोहित पौडेलको कप्तानी रहेको छ ।
विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ ।
एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सले भने यसअघिका पाँचमध्ये २ खेल मात्रै जितेको छ । ४ अंकका साथ लुम्बिनी अंक तालिकाको छैटौं स्थानमा छ ।
प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न लुम्बिनीका लागि आजको खेलमा पनि जीत महत्त्वपूर्ण छ ।
आठ टोली सहभागी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा कर्णाली एभेन्जर्स प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टोली बनेको छ ।
मंगलबार भएको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएसँगै कर्णाली प्लेअफबाट बाहिरिएको हो ।
मगलबार नै भएको अर्को खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरी प्लेअफमा पुग्ने झिनो सम्भावनालाई कायमै राखेको छ ।





