Nidan Media

एनपीएलमा आज विराटनगर र लुम्बिनी भिड्दै, जित्नै पर्ने दबाबमा लुम्बिनी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् ।

खेल त्रिवि त्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । दुवै टोलीले आज आफ्नो छैटौं खेल खेल्दैछन् ।

विराटनगर सन्दीप लामिछाने र लुम्बिनी रोहित पौडेलको कप्तानी रहेको छ ।

विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ ।

एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सले भने यसअघिका पाँचमध्ये २ खेल मात्रै जितेको छ । ४ अंकका साथ लुम्बिनी अंक तालिकाको छैटौं स्थानमा छ ।

प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न लुम्बिनीका लागि आजको खेलमा पनि जीत महत्त्वपूर्ण छ ।

आठ टोली सहभागी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा कर्णाली एभेन्जर्स प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टोली बनेको छ ।

मंगलबार भएको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएसँगै कर्णाली प्लेअफबाट बाहिरिएको हो ।

म‌गलबार नै भएको अर्को खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरी प्लेअफमा पुग्ने झिनो सम्भावनालाई कायमै राखेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.