काठमाडौँ । इण्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा हालै आएको बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या छ सय चार पुगेको छ ।
अन्य चार सय ६४ जना बेपत्ता भएको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।
प्रभावित क्षेत्रहरूमा उद्धार कार्य पूर्णगतिमा जारी रहेको एजेन्सीले जनाएको छ ।
एजेन्सीले बाढीले उत्तरी सुमात्रा, पश्चिम सुमात्रा र आचे प्रान्तहरूमा लगभग पाँच लाख ७० हजार मानिसलाई बिस्थापित गरेको रिपोर्ट गरेको छ ।
सडकमा क्षति र सञ्चार सञ्जालमा अवरोधका कारण केही प्रभावित क्षेत्रहरू पहुँचयोग्य छैनन्, राहत सामग्रीहरू मुख्यतया हवाई मार्गबाट पुर्याइँदैछ ।
इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले सरकारको उद्धार र राहत प्रयासहरू पूर्ण शक्तिका साथ अगाडि बढिरहेको बताए ।





